सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको विद्युत सेवा अवरद्ध हुने

२०८० भदौ २७, ०७:५४ खबर संवाददाता

धनगढीः  कैलालीको धनगढी उप–महानगरपालिकाका केहि क्षेत्रको विद्युत सेवा शुक्रवार देखि अवरुद्ध हुने भएको छ।

उप–महानगरपालिकाको हसनपुर फिडरको विद्युत सेवा अवरुद्ध हुनेभएको हो। क्षेत्रीय शहरी विकास आयोजनाबाट निर्माणाधिन कैलाली पुल देखि चौराहासम्मको सडक विस्तार भइरहेको छ। सडक विस्तारको क्रममा सडकका विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुनेभएको हो।

यहि भाद्र २९ गते बिहान ६ बजेदेखि ११ बजेसम्म असोज १ गते बाहेक ३ गतेसम्म चार दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस