सुदूर नेपाललाई विश्वसँग जोड्दै

कक्षा ६ माथि अब विषयगत शिक्षक राखिने

२०८० भदौ २७, ०६:०३ खबर संवाददाता

काठमाडौंः  सरकारले संघीयताअनुसार शिक्षा प्रणाली लागू गर्न आज संसद्मा दर्ता गराएको नयाँ शिक्षा ऐन संशोधन विधेयकमा कुनैपनि विद्यालयमा राजनीति गर्न नपाइने व्यवस्था गरिएको छ। साथै राजनीतिरहित विद्यालय व्यवस्थापनमा तथा  शिक्षकहरुलाई राजनीतिक दलमा आबद्धता हुन नपाइने भएको छ।

संसद् पुगेको शिक्षा ऐन संशोधन विधेयकमा आधारभूत तहको शिक्षकका लागि स्नातक र माध्यमिक तहको शिक्षक हुन स्नातकोत्तर अनिवार्य उत्तीर्ण गर्नुपर्ने प्रस्ताव समेत गरेको छ। शिक्षा विधेयकमा शिक्षकलाई आधारभूत र माध्यमिक तहमा श्रेणी विभाजन गरिएको छ।

यसअघि प्राथमिककालागि १०, निम्नमाध्यमिकलागि १२ र उच्च माध्यमिक तहको लागि स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने  व्यवस्था थियो। अब भने कक्षा ५ सम्म अध्यापन गराउने साधारण र कक्षा ६ देखि १२ सम्म अध्यापन गराउने शिक्षक विषयगत हुने व्यवस्था गरिएको छ। आधारभूत तहको साधारण शिक्षक हुनका लागि शैक्षिक योग्यता स्नातक तह प्रस्ताव गरिएको छ। आधारभूत तहको अर्थात कक्षा ५ सम्मको लागि साधारण शिक्षकका हकमा जुनसुकै विषयमा स्नातक पूरा गरेको हुने प्रावधान विधेयकमा समेटिएको छ। ६ कक्षामाथिको आधारभूत र माध्यमिक तहका लागि सम्बन्धित विषयमा तोकिएको विद्यार्जन गर्नुपर्नेछ।

कमेन्ट लोड गर्नुस