सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट एक युवतीको उद्धार

२०८० भदौ २७, ०५:३२ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट एक युवतीको उद्धार गरिएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारबाट मानसिक स्वास्थ्य समस्या भएकी ती युवतीको उद्धार गरिएको हो।

बुधबार शुक्लाफाँटाका नगरप्रमुख रणबहादुर महराको पहलमा भीमदत्त नगरपालिका–१३ पिपरियाकी २० वर्षीया सिमा सुनारको उद्धार गरिएको छ। ती युवती दुई हप्तादेखि सडकमै बस्दै आएकी थिइन्।

उनलाई धनगढीस्थित मानव सेवा आश्रमको जिम्मा लगाइएको नगरप्रमुख महराले बताए। नगरपालिकाले गत वर्ष मानव सेवा आश्रमलाई एक लाख सहयोग समेत गरेको थियो।

कमेन्ट लोड गर्नुस