सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोरक्कोमा भूकम्पमा परि मृत्यु हुनेको संख्या २९ सय नाघ्यो

२०८० भदौ २७, ०५:२७ खबर संवाददाता

एजेन्सीः  मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ९०० नाघेको छ। सबैभन्दा धेरै मानिसको मृत्यु दक्षिणी मराकेसमा भएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन्। खोज तथा उद्धारका काम पनि अब स्थगन गरिने उनीहरूले बताएका छन्।

पर्यटकीय नगर मराकेसभन्दा ७२ किलोमिटर दक्षिणपश्चिममा केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ः११ बजे गएको ६.८ म्याग्निच्युडको भूकम्पको विनाश सबैभन्दा धेरै मराकेस र आसपासका क्षेत्रमा नै भएको छ। लाखौं घरबारविहीन भएका छन्। भूकम्पबाट बचेकाहरू फेला पार्ने सम्भावनाहरू घट्दै गएपछि उद्धार टोलीहरूले देशका पहाडी गाउँमा राहत सामग्री पु¥याउने प्रयासलाई तीव्र गतिमा बढाएका छन्। तर, खोज तथा टोलीहरू अझै पनि जीवित भेटिने आशमा भग्नावशेष खोजिरहेका छन्। राहत सामग्रीले भरिएका सवारीसाधन पहाडी सडकहरूमा लस्कर लागेर गइरहेका छन्।

मराकेसको दक्षिणका सबैभन्दा बढी प्रभावित क्षेत्रमा घरबारविहीन भएकाहरूका लागि त्रिपालमा आवासको व्यवस्था गरिएको छ। उद्यान तथा सार्वजनिक स्थानमा अस्थायी आश्रयस्थल निर्माण गरेर आवासको व्यवस्था गरिएको छ। गत शुक्रबारको शक्तिशाली भूकम्पमा परी दुई हजार ९०१ जनाको मृत्यु भएको थियो भने पाँच  हजार ५३० जना घाइते भएका थिए। मराकेसको गृह मन्त्रालयका अनुसार घाइतेमध्ये एक हजार ४०० जनाको अवस्था गम्भीर छ।

भूकम्पको केन्द्रविन्दु रहेको अल–हौज प्रान्तमा उद्धार तथा राहत सामग्री पु¥याउन कठिन भएको छ। सडक अवरुद्ध हुँदा विशाल यन्त्र लैजान नसकिएको उद्धारर्मीहरूले बताएका छन्। तर, अन्य प्रभावित स्थलमा राहत सामग्रीसहितका टोली परिचालन भएका छन्।–एएफपी
 

कमेन्ट लोड गर्नुस