कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद
२०८० भदौ २७, ०३:३१
कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीका सामान बरामद गरेको छ।
महेन्द्रनगरको बनगाउँबाट करिब एक लाख ४० हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार मंगलबार साँझ भीमदत्त नगरपालिका–६ बनगाउँबाट भन्सार छलीका दाल, चामल, प्लाष्टिक झिल्ली, पेन्टलगायतका सामान बेवारिसे अवस्थामा फेला पारेको हो।
कमेन्ट लोड गर्नुस