सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा नक्कली नोट

२०७६ वैशाख १२, ०१:५७ खबर संवाददाता

धनगढीमा फेरी पनि नक्कली नोटहरु भेटिन थालेका छन्। केहि समय अगाडी एकपछि अर्को गर्दै नक्कली नोट फेला पर्न थालेकोमा बिचमा त्यो क्रम रोकिएको थियो। तर आज मात्रै फेरी एक हजारको नक्कली नोट फेला परेको छ। 
सक्कली जस्तै देखिने एक हजारको नक्कली नोट सेती अचल अस्पतालको बिलिङ काउण्टरमा फेला परेको हो। 

नक्कली नोट सक्कली भन्दा सानो छ भने चौडाई पनि कम छ। त्यस्तै सुरक्षाका लागि राखिने धागो नक्कली छ। सामान्यतया नोटमा कागजको गुणस्तर, धागो, पानी छाप हेरेर सक्कली हो वा नक्कली भनेर छुट्ट्याउन सकिने हुन्छ। 

 

कमेन्ट लोड गर्नुस