नेम्वाङप्रति श्रद्धाञ्जली दिँदै रोकियो एमाले डोटीको जनप्रतिनिधि भेला
![](https://dineshkhabar.com/sites/default/files/styles/row_list/public/field/image/UML-Doti.jpg?itok=lQso3Jq-)
डोटीः नेकपा एमाले डोटीको जनप्रतिनिधि भेला पार्टी केन्द्रीय उपाध्यक्ष एवं पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गर्दै रोकिएको छ।
एमाले डोटीले पार्टीको तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको कार्य सम्पादनको समीक्षा गर्न मंगलबार भेला आयोजना गरेको थियो। तर मंगलबार बिहान एमाले उपाध्यक्ष नेम्वाङको निधनपछि उक्त भेला श्रद्धाञ्जली सभामा परिणत भएको एमाले जिल्ला अध्यक्ष चक्र मल्लले बताए।
‘श्रद्धाञ्जली सभाबाहेक अन्य गतिविधि रोक्न पार्टी केन्द्रको निर्देशनपछि हामीले पनि औपचारिक कार्यक्रम रोक्यौं’, अध्यक्ष मल्लले भने, ‘श्रद्धाञ्जली सभा गरेर कार्यक्रम सकियो।’ तीन दिनसम्म पार्टी र जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरिएको पार्टी जिल्ला सचिव शेरबहादुर मल्लले बताए।
![add](https://dineshkhabar.com/sites/default/files/1736663280234.jpg)
![Sonalika](https://dineshkhabar.com/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)