सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेनाका मेजरको शव नदीमा फेला

२०८० भदौ २६, ०३:४१ खबर संवाददाता

काठमाडौँः नेपाली सेनाका गुल्मपतिको शव नदीमा फेला परेको छ।

यही भदौ १० गतेदेखि बेपत्ता भएका डोल्पा सदरमुकाम दुनैस्थित नन्द बक्स गुल्मका इञ्चार्ज विमल पण्डितको शव नदीमा फेला परेको हो। डोल्पाबाट ३० किलोमिटर दक्षिण पश्चिम जाजरकोटतर्फको खाँडाचक्र नजिकैको भेरी नदीमा उनको शव फेला परेको हो। मेजर ध्रुव कार्कीको टोली परिवारसहित घटनास्थल पुगेपछि शव पहिचान भएको थियो। 

भेरीकिनारमा मेजर पण्डितको शव फेला परेको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायब निरिक्षक रुद्रबहादुर शाहीले जानकारी दिए। शवलाई पोष्टमाडमाका लागि जिल्ला अस्पताल डोल्पा ल्याउने तयारी भइरहेको छ। काठमायौंस्थित कागेश्वरी मनोहरा नगरपालिका डाँछी घर भई हाल डोल्पामा कार्यरत मेजर पण्डित १६ दिनअघि सम्पर्कविहीन भएका थिए। ‘इभिनिङ् वाक जान्छु’ भन्दै गत १० भदौमा हतार–हतार ब्यारेकबाट निस्किएका मेजरको आधा महिना पछि शव भेटिएको हो।

कमेन्ट लोड गर्नुस