सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा आज हुने भनिएको समाजवादी मोर्चाको सन्देशसभा स्थगित

२०८० भदौ २६, ०८:०९ खबर संवाददाता

धनगढीः समाजवादी मोर्चा नेपालले सुदूरपश्चिमको धनगढीमा आज मंगलवार गर्ने भनिएको सन्देशसभा स्थगित भएको छ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले सभा स्थगित भएको जानकारी दिइन्।

आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो।

कमेन्ट लोड गर्नुस