सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरुमा जबरजस्तीकरणीको आरोपमा तीन युवक पक्राउ

२०८० भदौ २५, ०९:०२ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरमा एक बालिकाको जबरजस्तीकरणीको  आरोपमा तीन जना पक्राउ परेका छन्।

जिल्लाको दोधारा चाँदनी नगरपालिकामा एक बालिकालाई सामूहिकरुपमा जबरजस्तीकरणी गरेको आरोपमा तीन युवक पक्राउ परेका हुन्। १५ वर्षीया बालिकालाई ललाई फकाई पटक पटक करणी गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ।

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरविन महता, १८ वर्षीय खेमसिंह साउँद र एक जना १७ वर्षीय किशोर रहेका छन्। उनीहरुलाई पीडित बालिकाकी आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

दोधारा चाँदनी –५ की किशोरीलाई तीनै जनाले विभिन्न प्रलोभन दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ।

कमेन्ट लोड गर्नुस