सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी–काठमाडौँ–धनगढी हवाई यात्रामा सास्ती

२०७६ वैशाख १२, १२:३६ खबर संवाददाता

बुधवार ४ बजे बुद्ध एयरको जहाजबाट काठमाडौँ–धनगढी हवाई यात्राका लागि ६९ जना यात्रुहरु साढे तीन बजे नै त्रिभुवन विमानस्थल पुगिसकेका थिए। सबैलाई ४ बजे उडान भर्ने भएकाले साढे तीन बजे भित्रै पुग्न पनि आग्रह गरिएको थियो। तर ४ बजे जहाज उडेन। उडान भर्ने समय पछाडी धकेलीदै जाँदा ६ बजेर ५० मिनेटम मात्रै यात्रुहरुले जहाजमा बस्ने मौका पाए। धनगढी पुग्ने आशा मारिसकेका धेरै यात्रुमा फेरी धनगढी पुग्ने आशा पलायो। धेरैले जहाजमा बस्दा बस्दै साथीभाई आफन्तलाई फोन गर्दै धनगढी विमानस्थलमा बोलाई पनि सकेका थिए। काठमाडौँदेखि धनगढी पुगाउन बुद्ध एयरको जहाजले एक घण्टा १० मिनेट लगाउँदै आएको थियो। तर बुधवार भने करिब एक घण्टा १५ मिनेट उडेर धनगढीको आकाशमा पुग्नै लाग्दा जहाज हल्लिन थालेपछि ६९ जना यात्रुहरु भने त्रसित बने।

सोही जहाजमा सवार धनगढीका कमल पनेरुका अनुसार सो क्रम झण्डै १० मिनेट सम्म जारी रहेपछि त्यतिबेला सम्म जहाजमा सवार महिला र बच्चाहरु रुन थालिसकेका थिए। उनले भने–‘ म पनि भित्र भित्रै डराईसकेको थिए, आफन्त र साथिभाईहरु एकाएक गरि मनमा झल्झलि आउदै थिए। भगवान पनि पुकारे, यो पटक बचाईदेउ भगवान। तर डाको छोडेर रोईहाल्न भने सकेको थिईन।’ जहाज भित्र असहज स्थिती उत्पन्न भईसकेपछि सन्देश आयो– ‘धनगढीमा अवतरण हुन नसेकाकाले हामी जहाज पुनः काठमाडौ लैजादैछौ, त्यसका लागि क्षमाप्रार्थि छौं।’ पनेरुका अनुसार करिब ४५ मिनेट पछि फेरि सन्देश आयो– ‘ईन्धन अभाव भएकाले हामी भैरहवा अवतरण गर्दै छौं। सम्भवतः यतै बस्छौ र भोली धनगढी उड्छौ।’ भैरहवा अवतरण भईसकेपछि भने धेरै यात्रुले लामो श्वास फेरे। 

तर फेरी तत्कालै ६९ जना यात्रुलाई काठमाडौं लैजाने कुरा सुनाईयो। धेरै यात्रु तयार भएनन्। भैरहवामै राख्नुस भनेर धेरैले अनुरोध पनि गरे। तर फेरी ६९ जना यात्रु राख्दै काठमाडौका लागि उडान सुरु भयो। रातको करिब १० बजे काठमाडौँ अवतरण गरियो। धेरैले चालक दलका सम्पुर्ण सदस्यलाई धन्यवाद पनि भने तर बुद्ध एयरले यात्रुको भने कुनै वास्ता नै नगरेको गुनासो पनि गरिएको छ। विभिन्न प्रक्रिया पुरा गर्दा सम्म विमानस्थलमै ११ बजिसकेको थियो। दिउसो साढे तीन बजे धनगढी पुग्ने आशाका साथ विमानस्थलमा पुगेका यात्रुहरु त्यस्को साढे ७ घण्टा सम्म पनि त्यहि विमानस्थलमा थिए। तर सो समयमा भने उनीहरुलाई धनगढी पुग्ने नभई रात कता गएर कटाउने भन्ने चिन्ता थियो। 

काठमाडौँबाट धनगढी आउने यात्रुको बिचल्ली भएका बेला बुद्ध एयरकै जहाजबाट काठमाडौँ जानुपर्ने यात्रुको पनि धनगढी विमानस्थलमा त्यस्तै समस्या थियो। काठमाडौँबाट बुद्ध एयरको जहाज नआएपछि धनगढी विमानस्थलमा यात्रुहरु विचल्लीमा परेका थिए। साँझ साढे ५ बजेको उडानमा काठमाडौँ जान भनी महेन्द्रनगरबाट विमान स्थल पुगेका रमेश पाण्डेले जहाज नआएपछि समस्या भएको बताए। उनले साँझ साढे ५ बजेको उडान भनिएपनि राती नौ बजे सम्म  जहाज आउने भन्दै यात्रुहरुलाई कुराईएको बताए। अन्त्यमा जहाज नआएपछि यात्रुहरु समस्यामा परेका हुन्। 
 

कमेन्ट लोड गर्नुस