सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरका आरक्ष पीडितको काठमाडौँको माइतीघरमा भोक हड्ताल सुरु

२०८० भदौ २५, ०८:३४ खबर संवाददाता

कञ्चनपुरः  कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित भएका पीडितले काठमाडौंको माइतीघर मण्डलमा भोक हड्ताल सुरु गरेका छन्।

आज (सोमबार)बाट शुक्लाफाँटा आरक्ष पीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष कर्णबहादुर चन्द र सचिव प्रेमदत्त भट्टले भोक हड्ताल सुरु गरेका हुन्। वर्षाैंदेखि राख्दै आएका माग पूरा नभएसम्म रातदिन नभनी भोक हड्तालमा बस्ने सचिव भट्टले बताए। २०५८ सालमा विस्थापित भएकालाई २२ वर्षसम्म सडकमा अलपत्र पारिएकाले सरकारले क्षतिपूर्तिसहित पुनःस्थापना गर्नुपर्ने सचिव भट्टले बताए।

‘हाम्रो घरगोठ फालिएको हो, हात्ती ल्याएर घरबाट लखेटिएको हो,’ उनले भने, ‘अब हाम्रा बालबालिकालाई राज्यको मूलधारमा ल्याई रोजगारीको ग्यारेन्टी गर्नुपर्छ।’ समस्या समाधानका नाममा राज्यले आयोग बनाएर कार्यकर्ता पाल्ने काम मात्रै गरिएको उनले गुनासो गरे।–काठमाण्डुपाटी
 

कमेन्ट लोड गर्नुस