सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा स्कुल बस दुर्घटना

२०८० भदौ २५, ०६:१९ खबर संवाददाता

धनगढीः कैलालीको टीकापुरमा स्कुल बस दुर्घटनामा परेको छ।

टीकापुर नगरपालिका स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना भएको हो। जानकी गाउँपालिका–९ कुन्तीमा सो बस दुर्घटनामा परेको हो।

बसमा सवार १५ जना विद्यार्थी घाइते भएको प्रारम्भीक अनुमान छ। दुर्घटना स्थलमा पुगेर क्षतिको विवरण संकलन गर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

कमेन्ट लोड गर्नुस