सुदूर नेपाललाई विश्वसँग जोड्दै

जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइयो

२०८० भदौ २५, ०९:०० खबर संवाददाता

बैतडीः जयपृथ्वी राजमार्ग खुलाउन झोताबाट लोडर मगाइएको छ। आइतवार दिउँसा देखि अबरुद्ध बनेको बैतडीको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग खुलाउनको लागि बझाङको झोताबाट लोडर मगाइएको छ।

बैतडीको पाटन नगरपालिका ८ को झौलेक मोड नजिक सडकमाथिबाट खसेको ढुंगाले सडक अबरुद्ध बनेको थियो। सडक अबरुद्ध बनेलगत्तै दुई वटा जेसीबी लगाएर ढुंगा फाल्ने प्रयास गरिएको थियो। तर जेसीबीले ढुंगा फाल्न नसकेपछि झोताबाट लोडर मगाइएको खोडपे प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरिक्षक गणेश बिकले जानकारी दिए।

राजमार्ग अबरुद्ध भएपछि यतायात ठप्प भएसँगै यात्रुहरु अलपत्र परेका छन्। लोडर आज (सोमवार) ११ बजेभित्रै पुग्ने र लगत्तै सडक सुचारु हुने प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस