सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध

२०८० भदौ २४, ०९:०२
डडेल्धुराः सुदुरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।
शनिवार रातिबाट परेको अविरल वर्षाले पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। आइतबार साँझ राजमार्ग अन्तर्गत डडेल्धुराको आलिताल गाउँपालिका–१ मेलखर्क नजिकै पहिरो गएपछि सडक अवरुद्ध भएको हो।
पहिरोले राजमार्ग अवरुद्ध भएपछि बाटो खोल्न प्रहरी टोली त्यसतर्फ गएको छ। सडक अवरुद्ध भएपछि दर्जनौँ सवारीसाधन रोकिँदा यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन्।

कमेन्ट लोड गर्नुस