सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी चक्रपथ निर्माणाधिन अवस्थामै नाली भत्कियो

२०७६ वैशाख १२, १०:२७ खबर संवाददाता

धनगढीमा चक्रपथ निर्माणको काम जारी रहेकै बेला ठाउँठाउँमा नाली भत्किएको छ। भन्सार रोडदेखि राजपुर सम्मको पश्चिम क्षेत्रमा चक्रपथ कालोपत्रेको काम भईरहेको छ। तर विभिन्न स्थानमा भने नाली भत्किरहेको हो। सघन सहरी विकास कार्यक्रम अन्तरगत निर्माण भईरहेको चक्रपथको नाली भत्किएपछि स्थानीयले कम गुणस्तरको निर्माण सामाग्री प्रयोग गरेको भन्दै विरोध जनाएका छन्। वडा नम्वर ३ कै अध्यक्ष वलवहादुर ऐरले पनि पटक–पटक खवरदारी गर्दा समेत निर्माणमा लापरवाही गरिएको बताए। निर्माणको जिम्मा पाएको लुम्बिनी राजेन्द्र केएस जेभिका सञ्चालक सुरेन्द्र पालले अहिले पनि निर्माण अवधि बाँकी रहेकाले कतै भत्किएको भए मर्मत गरिने बताए।

उनले निर्माणकै क्रममा आवश्यक सवारी साधनका कारण पनि नाली भत्किएको हुन सक्ने भएकाले सडक हस्तान्तरण गर्नु अघि नै सबै मर्मत गरिने बताए। चक्रपथ निर्माण अवधी सकिन झण्डै साढे एक महिना मात्र बाँकी छ। २९ करोड ९३ लाखमा १५ दशमलव ५२ किलोमिटर सडक निर्माणको योजना छ। 

 

कमेन्ट लोड गर्नुस