सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ्गमा खोलाले बगाउँदा एक वृद्ध बेपत्ता

२०८० भदौ २४, ०४:१८ खबर संवाददाता

बझाङः  बझाङ्गमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन्।

जिल्लाको बुङ्गल नगरपालिका–२ बम्मरका ७२ वर्षीय चतुरे धामी शुक्रवार बेपत्ता भएका हुन्। धामी सोही नगरपालिका–१ को पौडी बजारबाट सोलागाउँ जाने क्रममा शुक्रबार साँझ कालङ्गा खोला तर्दा बगेर बेपत्ता भएका प्रहरीले जनाएको छ। प्रहरीले धामीको खोजतलास  गरिरहेकोे छ।
 

कमेन्ट लोड गर्नुस