सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका विभिन्न स्थानमा सिसि क्यामेरा जडान हुने

२०७६ वैशाख १२, ०७:०६ खबर संवाददाता

कैलालीका विभिन्न स्थानमा सिसि क्यामेरा जडान हुने भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको आयोजनामा धनगढीमा भएको सरोकारवालाको छलफलले जिल्लाका विभिन्न स्थानामा सिसि क्यामेरा जडान गर्ने निर्णय गरेको हो। सुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहाद्र शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरा, प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा, कैलाली जिल्लाका स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिना, मातहत कार्यालयहरुका ईन्चार्जहरुको उपस्थतिमा भएको छलफलपछि विभिन्न स्थानमा सिसि क्यामेरा जडान गर्ने निर्णय गरिएको हो। सिसि क्यामेरा सुदूरपश्चिम प्रदेश सरकारले मर्मत गर्ने जनाईएको छ भने त्यस्को मर्मत सम्बन्धित स्थानीय तहले गर्नैछन्। त्यस्को निगरानी कक्ष भने जिल्ला प्रहरी कार्यालय कैलालीमा हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। यसअघि धनगढीमा जडान गरिएक सिसि क्यामेरा भने लामो समयदेखि प्रयोग विहिन छन्। 

कैलाली उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयको पहलमा धनगढी बजारमा जडान गरिएका सिसि क्यामेरा बिग्रिएको लामो समय भएको छ। बजारमा बढ्दै गएको अपराधिक गतिविधिलाई नियन्त्रण गर्ने र दुर्घटना गरेर भाग्नेलाई समात्न सजिलो होस भनेर २०७३ साल माघमा कैलालीका तत्कालीन प्रहरी उपरीक्षक राजेन्द्र विष्ट र कैलाली उद्योग वाणिज्य संघले १२ वटा सिसि क्यामेरा जडान गरेका थिए। धनगढीका बैंक तथा वित्तिय संस्थाहरु, व्यापारीहरु र व्यक्तिहरुबाट मात्रै कैलाली उद्योग वाणिज्य संघको खातामा सिसि क्यामेरा जडान प्रयोजनका लागि १७ लाख ५६ हजार रकम जम्मा भएको थियो। त्यसमा थप कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवमा मैदान प्रयोग गरे बाफतको दुई लाख पनि सिसि क्यामेराकै लागि दिएको थियो। यस्तै सिसि क्यामेरा जडानमा युएनडिपिको साढे चार लाख रकम समेत खर्च गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस