बैतडीकी कलावतीको नेपालगञ्जमा उपचार हुन नसकेपछि काठमाण्डौ रेफर
बैतडीः करेन्ट लागेर गम्भीर घाइते भएकी बैतडीकी कलावतीलाई काठमाण्डाको वर्न हस्पिटलमा रेफर गरिएको छ।
गत हप्ताको सोमवार करेन्ट लागेर घाइते भएकी बैतडीको डिलाशैनी गाउँपालिका –६ की ४३ वर्षीया कलावती नाथलाई थप उपचारका लागि काठमाडौंमा लगिएको छ। भदौ १८ गते करेन्ट लागेर गम्भीर घाइते भएकी कलावतीलाई सोही दिन नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरि नेपालगञ्ज लगिएको थियो।
नेपालगञ्जमा पनि उपचार सम्भव नभएपछि काठमाण्डौ रेफर गरिएको बैतडी प्रहरीले जानकारी दिएको छ। अहिले उनको काठमाडौंको कीर्तिपुरमा रहेको वर्न हस्पिटलमा उपचार भैरहेको र अवस्था सुधारोन्मुख रहेको बताइएको छ।