सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीका बालकमाथि हँसिया प्रहार

२०८० भदौ २३, ०२:१४

धनगढीः कैलालीस्थित लम्कीचुहामा बालक माथि हँसिया प्रहार भएको छ। जिल्लाको लम्की चुहानगरपालिका वडा नम्बर ४ का प्रेमबहादुर विष्टले ११ वर्षीय बालक धिरेन्द्र थापालाई हँसिया प्रहार गरेका हुन्।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार भीमबहादुर थापाका ११ वर्षीय धिरेन्द्रलाई ४५ वर्षीय विष्टले हँसिया प्रहार गरेका छन्। बाललाई  चोट लागेको छ। उनको लालरत्न अस्पताल लम्कीमा उपचार हुँदैछ। विष्टलाई इलाका प्रहरी कार्यालय, लम्कीले नियन्त्रणमा लिएको छ।

विष्टको मानसिक अवस्था ठिक नरहेको प्रहरीले बताएको छ। 

कमेन्ट लोड गर्नुस