सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका नगर प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम

२०८० भदौ २३, १२:३३ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकाका नगर प्रहरीलाई अग्नि नियन्त्रण तथा उद्धार तालिम दिइएको छ। महानगरपालिकाको सुपर परियोजनामार्फत उनीहरूलाई भदौ १९ गतेदेखि २२ सम्म चार दिन तालिम दिइएको हो। 

नगर प्रहरी र दमकल इकाईका २६ जना कर्मचारीहरूलाई आधारभूत अग्नि नियन्त्रण तथा उद्दार तालिम दिइएको उपमहानगरपालिकाले जनाएको छ। अग्नि नियन्त्रण कसरी गर्ने र उद्धार कसरी गर्ने भन्ने बारेमा सहभागीलाई विभिन्न सिप, तालिम तथा अभ्यास गरेर सिकाइएको तालिम प्रशिक्षक किशोर भट्टाईले बताए। 

उनले फायर साइडमा पानी कसरी सप्लाई गर्ने, ६/७ तला भएको घरमाथी पानी कसरी लैजाने, आगलागी भएको क्षेत्रबाट मानिसहरूको उद्धार कसरी गर्ने, औषधि उपचार कसरी गर्ने सम्बन्धी तालिम दिइएको बताए। 

नगर प्रहरी कृष्ण भट्टले अग्नि नियन्त्रण तथा उद्धार तालिम निकै उपयोगी हुने बताए। तालिम लिनु भन्दा पहिला अग्नि नियन्त्रण तथा उद्धार कसरी गर्ने भन्नेमा अनभिज्ञता रहेकोले चार दिनको तालिम लिएपछि अग्नि नियन्त्रण तथा उद्धार गर्न आफूमा निकै परिवर्तन आएको उनले बताए।  

धनगढीमा आगलागीका विभिन्न घटनाहरू हुने हुनाले यस तालिमबाट आगलागीबाट हुने क्षति र पीडितको उद्धार गर्न सहयोग मिलेको मल्लले बताए। तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपाल हमालले नगर प्रहरीले उपमहानगरवासीको मन जित्नेगरी काम गर्न निर्देशन दिए। 

विभिन्न विपद्जन्य घटनामा नगर प्रहरीले नगरवासीको अपेक्षा र गुनासोलाई सम्बोधन गर्नुपर्नेमा उनको जोड थियो।  एक पालीकामा विपद् घटनाका बेला अर्को पालीकाले पनि सहकार्य गरे थप सहजता र सहकार्य हुने विश्वास लिए। धनगढी उपमहानगरपालिकाले नगर प्रहरीलाई सर्प उद्धारको तालिम समेत दिएको थियो। नगर प्रहरीले नागरिकका घरमा प्रवेश गरेका सर्पको उद्धार गर्दै आएका छन्। धनगढी उपमहानगरपालिकाको कार्यालयमा २४ सै घण्टा नगर प्रहरी रहने व्यवस्था छ। समस्यामा रहेका नागरिकलाई ०९१–५९०६९० र १८१०५००००९० मा सम्पर्क गर्न उपमहानगरपालिकाले आग्रह गर्दै आएको छ। 

कमेन्ट लोड गर्नुस