सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता यादवमाथि कुटपिट गर्नेलाई कडा कारबाही गर्न माग 

२०८० भदौ २३, ०९:५८ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसका सहमहामन्त्री तथा नेता महेन्द्र यादवमाथि कुटपिट गर्ने व्यक्तिलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै नेपाल तरुण दल कैलाली समितिले प्रधानमन्त्री र प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्।

शुक्रवारर जिल्ला प्रशासन कार्यालयमार्फत तरुण दलले कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका हुन्। नेपाल तरुण दलका कार्यवाहक अध्यक्ष निराजन खडकाले प्रमुख जिल्ला अधिकारी युवराज कटेललाई ज्ञापनपत्र बुझाएका थिए।

नेता यादवमाथि काठमाडौंको भृकुटीमण्डपमा रहेको रिपोर्टस क्लबको कार्यक्रममा सहभागि भएर बाहिरिने क्रममा भदौ २० गते दिउँसो खुकुरी प्रहार भएको थियो। ‘नेता यादवमाथि आक्रमण गर्ने ब्यक्ति, समुह जो भएपनि तत्काल कानुनी कारबाहीकालागि नेपाल सरकारसंग माग गर्दै यो घटनाको गम्भिर अनुसन्धान गरि यथार्थता सार्वजनिक गर्न अनुरोध गर्दछौं’ ज्ञापनपत्रमा भनिएको छ।

साथै यस्ता घटनाले आम नागरिकमा असुरक्षा, राज्यमा दण्डहीनता र अराजकताले प्रसय पाउने खतरा बढेकाले शान्ति सुरक्षाको प्रत्याभुति हुने वातावरण तयार गर्न तरुण दलका अध्यक्ष खडकाले अनुरोध गरे। 
नेता यादव नेपाल तरुण दलका पूर्व अध्यक्ष तथा नेपाल सरकारका पूर्व खानेपानी मन्त्री हुन्।

ज्ञापनपत्र बुझाउन तरुण दलका केन्द्रिय सदस्य लोकबहादुर खडका (रवि), अमृत विसीसाथै तरुण दलका नेताहरुको सहभागिता रहेको थियो।

कमेन्ट लोड गर्नुस