सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा आजदेखि जी–२० शिखर सम्मेलन शुरु हुँदै, विश्वका नेता भारतमा

२०८० भदौ २३, ०८:३४ खबर संवाददाता

भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि शुरु हुने जी–२० शिखर सम्मेलनमा भाग लिन विश्व नेताहरु शुक्रवार दिल्ली आइपुगेका छन्। सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडन शुक्रवारनै दिल्ली आइपुगेका हुन्।

यसैगरी बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि शुक्रवारनै दिल्ली आइपुगेका हुन्। यस सम्मेलनमा चीनिया राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन्। धेरै मुद्दाहरुमा विभाजित जी–२० राष्ट्र प्रमुखहरु नयाँ दिल्लीमा एकै मञ्चमा सहभागी हुने भएका हुन्।

यस सम्मेलनमा रुस युक्रेन युद्ध मुख्य मुद्दा हुनेछ। शुक्रवार साँझ दिल्ली आइपुगेका भारतीय प्रधानमन्त्री मोदीलाई भेटेर विभिन्न क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। जी–२० मा विश्वका ठूला अर्थतन्त्र भएका १९ राष्ट्र र युरोपेली संघ रहेका छन्। यसपटकको सम्मेलनको मुख्य चुनौती भनेको घोषणापत्रमा सहमत गराउनु हुनेछ।

असहमतिका बाबजुद पनि भारतले सदस्य राष्ट्रहरुलाई दिल्ली घोषणापत्रमा सहमत गराउन कडा दवाब दिनेछ। घोषणापत्र विना नै सम्मेलन सकिएमा यो नै पहिलो सम्मेलन हुनेछ। गत वर्ष इन्डोनेसियामा भएको शिखर सम्मेलनमा युद्धका विषयलाई लिएर तीब्र असहमति थियो।

तर पनि जी–२० भित्रकै मतभेदलाई समेटेर घोषणापत्र जारी गरिएको थियो। यसपटक स्थिति अझै विग्रिएको छ। युक्रेन युद्धलाई लिएर रुस र चीनले कुनै पनि सहुलियत दिने राजी नहुन सक्छन्। अझ सी र पुटिनको अनुपस्थितिले यस विषयमा निर्णय लिन अझै कठिन हुने अनुमान गरिएको छ।

कमेन्ट लोड गर्नुस