सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुद्ध एयरको विमान नआएपछि धनगढी एयरपोर्टमा यात्रुहरुको विचल्ली

२०७६ वैशाख ११, ०९:३३ खबर संवाददाता

काठमाडौँबाट बुद्ध एयरको विमान नआएपछि धनगढी विमान स्थलमा यात्रुहरु विचल्लीमा परेका छन्। काठमाडौँबाट आज अपराह्न ४ बजे उड्ने विमान मौसममा आएको खराबीको कारण धनगढी आउन नसकेपछि यात्रुहरु विचल्ली परेका हुन्।  साँझ साढे ५ बजेको उडानमा काठमाडौँ जान भनी महेन्द्रनगरबाट विमान स्थल पुगेका रमेश पाण्डेले विमान नआएपछि समस्या भएको बताए।  उनले साँझ साढे ५ बजेको उडान भनिएपनि राती नौ बजे सम्म  विमान नआएपछि आफू विचल्लीमा परेको बताए। पाण्डेले राती धनगढीबाट महेन्द्रनगर जान गाडे समेत नमिलेपछि समस्या भएको गुनासो गरे। 

पाण्डे जस्तै सुदूरपश्चिमका अन्य जिल्लाबाट काठमाडौँ जान भनी धनगढी विमान स्थल पुगेका यात्रुहरु समस्यामा परेका छन्। यता धनगढी विमान स्थलले भने मौसममा आएको खराबीका कारण उडान रद्द भएको जनाएको छ। धनगढी विमान स्थलका प्रमुख तेजबहादुर बुढथापाले खराब मौसमका कारण उडान रद्द भएको जानकारी दिए।   

कमेन्ट लोड गर्नुस