अजोड इन्स्योरेन्सको धनगढीमा क्षेत्रिय कार्यलय उद्धघाटन
अजोड इन्स्योरेन्स लिमिटेडको धनगढीमा क्षेत्रिय कार्यलयको उद्धघाटन गरिएको छ। वुधबार एक कार्यक्रमकाबिच क्षेत्रिय कार्यालयको उद्धघाटन गरिएको हो। अजोड इन्स्योरेन्स लिमिटेडका संञ्चालक सागर गुरुङको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरा रहनु भएको थियो।
बीमाको बढ्दो आवश्याकतालाई परिपुर्ती गर्नको लागि निर्जीवन बीमा कम्पनीको रुपमा अजोड इन्स्योरेन्स लिमिटेडको स्थापना गरिएको कम्पनीका सहायक महा प्रवन्धक अनिल अर्यालले बताए। कम्पनीको अधिकतम पूँजी र जारी पूँजी एक अर्व र चुक्ता पूँजी ७० करोड रहेको छ। सो मध्य ७० प्रतिशत लगानी १ सय ४ जना संस्थापकहरुको रहेको छ। धनगढीमा क्षेत्रिय कार्यलय उद्धघाटन संगै अन्य क्षेत्रमा समेत शाखा कार्यालय खोल्ने तयारी भईरहेको अजोड इन्स्योरेन्स लिमिटेडले जनाएको छ।




