सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ

२०८० भदौ २२, ०१:३४ खबर संवाददाता

धनगढीः कञ्चनपुरबाट फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ३ का ५२ वर्षीय कर्णबहादुर विष्ट पक्राउ परेका हुन्।

उनलाई साढे २ वर्ष कैद र १५ लाख ९१ हजार रुपैयाँ जरिबाना तोकिएको थियो। जिल्ला अदालत कञ्चनपुरले गत चैत्र २८ गते उनलाई सरकारी रकम हिनामिनाको मुद्‍दामा कैद र जरिबाना गरेपनि उनी फरार रहेका थिए।

प्रहरीले विष्टलाई बिहिवार उनकै घरबाट पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला कारागार कञ्चनपुर पठाएको छ।

कमेन्ट लोड गर्नुस