सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री प्रचण्ड ३० गते अमेरिका जाँदै

२०८० भदौ २२, ०८:१८ खबर संवाददाता

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन भदौ ३० गते अमेरिका र त्यहीँबाट असोज ५ गते चीनको औपचारिक भ्रमणमा जाने कार्यक्रम तय भएको छ।

प्रधानमन्त्री प्रचण्डले असोज ४ गते न्युयोर्कमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन्। त्यहाँ उनले महासभामा भाग लिन आएका विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। अमेरिकी प्रचलनअनुसार महासभापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा प्रधानमन्त्री प्रचण्डपनि सहभागी हुने कार्यक्रम तय भएको छ।

कमेन्ट लोड गर्नुस