सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीद्धारा धनगढीको ऐश्वर्य बिद्या निकेतनका विद्यार्थीलाई लागुऔषध बारे प्रशिक्षण

२०८० भदौ २१, ०८:१६ खबर संवाददाता

धनगढीः  कैलालीमा लागुऔषध दुरुपयोगको समस्या दिन प्रतिदिन तिव्र रुपमा बढ्न थालेपछि यसबाट बच्न तथा लागुऔषधको प्रयोगकर्ताको न्युनीकरणका लागि कैलालीमा लागुऔषध विरुद्धको महाअभियान प्रहरीले सुरु गरेको छ।

पछिल्लो समयमा विशेष गरेर किशोर किशोरीहरु लागुऔषधको कुलतमा फस्दै जानथालेपछि यसलाई न्यूनीकरण गर्नका लागी प्रहरीले “लागू औषधविरुद्वको महाअभियानको थालनि गरेको हो। अभियानमा प्रहरीले धनगढीका विद्यालयमा गएर विद्यार्थीलाई लागुऔषधका बारेमा प्रशिक्षण गरिहेको छ। उक्त महाअभियान अन्र्तगत बिहीवार धनगढी उप–महानगरपालिका–५ हसनपुर स्थित ऐश्वर्य बिद्या निकेतन माध्यामिक विद्यालयमा कार्यक्रम गरिएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको सहकार्य र समन्वयमा लागू औषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रम गरिएको हो। बिद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र, छात्राहरु गरि कुल १६० जना बिद्यार्थीहरुको उपस्थिती रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक श्याम सिंह चौधरीले कक्षा सञ्चालन गरि प्रशिक्षण गर्दै आएका छन्।Open photo

छात्र छात्राहरुलाई लागू औषध बिरुद्धको महाअभियान अन्तर्गत लागू औषधको परिचय, सेवनकर्तामा देखिने लक्षण, समग्र रुपमा पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा समेत जानकारी प्रदान गर्नुका साथै उक्त प्रशिक्षणमा सहभागीहरुबाट लागुऔषध सम्बन्धी सोधिएका जिज्ञासाहरुको सरल शैलीमा जवाफ दिने गरेका छन्।
Open photo

कमेन्ट लोड गर्नुस