सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सहमहामन्त्री यादवको स्वास्थ्य अवस्था स्थिर

२०८० भदौ २१, ०६:१४ खबर संवाददाता

काठमाडौँः नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत रहेका उनको स्वास्थ्य अवस्था स्थिर र चिकित्सकको निगरानीमा सघन उपचार कक्ष (आइसियु)मा उपचार भइरहेको सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। 

सहमहामन्त्री यादवको टाउकामा गम्भीर चोट लागेको र सिटीस्क्यान गर्दा कुनै पनि आन्तरिक चोट नदेखिएको उनले बताएका छन्। उनको टाउकाको पछिल्लो भागमा रहेको घाउलाई न्यूरोसर्जन चिकित्सकद्वारा शल्यक्रिया गरी रक्तश्राव रोकिएको र घाउका टाँका लगाएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा रिजालले बताएका छन्।

बुधवार २:३० बजे सेन्टरमा आएका सहमहामन्त्री यादवको टाउकाको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ। बुधवार दिउँसो भृकुटीमण्डपस्थित रिपोटर्स क्लब नेपालमा आयोजना भएको कार्यक्रम सकेर गाडीमा बस्ने क्रममा पछाडिबाट खुकुरी प्रहार गरिएको थियो। 

कमेन्ट लोड गर्नुस