सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एक पुरुषद्धारा महिलामाथि इँटा प्रहार

२०८० भदौ २०, ०८:२३ खबर संवाददाता

धनगढीः  धनगढीमा एक पुरुषले महिलालाई कुटपिट गरेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका–४ चटकपुरकी लक्ष्मी भट्टमाथि बुधबार कुटपिट गरिएको हो।

स्थानीय प्रेम विष्टले मदिरा सेवन गरेर आमामाथि कुटपिट गरेको भट्टका छोरा नवीनले बताए। आपसी लेनदेनको विषयमा लामो समयदेखि विवाद रहेकोमा मंगलबार जिल्ला प्रहरी कार्यालयमा विष्टसँग मिलापत्र गर्दै अबदेखि विवाद नगर्ने सहमति भएको थियो तर मिलापत्र भएको भोलिपल्टै भट्टमाथि कुटपिट भएको हो।

विष्टले आपसी विवादका क्रममा महिलामाथि इँटा प्रहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पीडित महिलाको टाउकोमा चोट लागेको छ। उनको धनगढीको स्वस्तिक अस्पतालमा उपचार भइरहेको छ। महिलामाथि कुटपिट गर्ने विष्टलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको जनाएको छ। विष्टलाई हिरासतमा राखेर प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

कमेन्ट लोड गर्नुस