सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल शुक्रवार थाइल्यान्डसँग खेल्ने

२०८० भदौ २०, ०४:४८ खबर संवाददाता

काठमाडौँः  आईसीसी महिला टी २० विश्वकप एशिया छनोटमा नेपाल शुक्रवार थाइल्यान्डसँग खेल्ने भएको छ। शुक्रबार हुने थाइल्यान्डसँगको खेल जितेमा नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने छ।

समूह ’बी’ को अन्तिम खेलमा हङकङलाई ४३ रनले पराजित गर्दै थाइल्यान्डले नेपालसँगको भेट पक्का गरेको हो। नेपाल समूह ’ए’ को उपविजेता हो। बुधबार नेपालले समूह चरणको अन्तिम खेल यूएईसँग खेल्ने तय थियो। तर, वर्षको कारण खेल रद्द भएपछि नेपाल उपविजेता बनेको हो। यूएई र नेपालले समूह चरणमा समान ९ अंक जोडेका थिए। तर, यूएई रनरेटको आधारमा अगाडि रह्यो। यूएईको रनरेट +३.३३९ रह्यो। नेपालको भने +२.१८४ रह्यो।

नेपालले समूह चरणको पहिलो खेलमा मलेसियालाई ५ रनले पराजित गरेको थियो। दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको नेपालले तेस्रो खेलमा भुटानलाई ३ विकेटले पराजित ग¥यो। चौथो खेलमा कतारमाथि ९ विकेटको जित हासिल गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो। सन् २०२१ मा भएको छनोटमा नेपाल तेस्रो भएको थियो।
 

कमेन्ट लोड गर्नुस