सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार, एक जना पक्राउ

२०८० भदौ २०, ०४:०० खबर संवाददाता

काठमाडौंः  नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधवार खुकुरी प्रहार भएको छ।

काठमाण्डौको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा वुधबार आयोजित एक कार्यक्रममा सहभागी भएर बाहिरिने क्रममा यादवमाथि खुकुरी आक्रमण भएको हो। खुकुरी प्रहारबाट घाइते यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोटका श्याम सापकोटालाई प्रहरीले पक्राउ गरेको छ। घट्नाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

कमेन्ट लोड गर्नुस