सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट १४ लाख ६६ हजार मुल्यका अबैध सामान जफत

२०८० भदौ २०, ०२:३४ खबर संवाददाता

धनगढीः कैलालीबाट प्रहरीले करिब १४ लाख ६६ हजार मुल्य बराबरका अबैध सामान जफत गरेको छ।

आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाइकल प्रहरी गस्ती टोलीले धनगढी उपमहानगरपालिका–२ मिलन चोकबाट मात्र ११ लाख बढी मुल्यका भन्सार छलीका सामान जफत गरेको हो। धनगढी–३ बाट करिब ११ लाख चार हजार मुल्य बराबरका मोटर पार्टस र कपडा, वडा नम्बर ४ ओमशान्ति टोलबाट करिब ९१ हजार मुल्य बराबरका कपडा जफत गरिएको छ।

No description available.

त्यस्तै इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको सादा पोशाकको प्रहरी गस्ती टोलीले भजनी नगरपालिका–५ कुटीबाट दुई लाख ७१ हजार मुल्य बराबरका कपडा र से. ७ प. २५७ नम्बरको मोटरसाइकलसहित गरी १४ लाख ६६ हजार मुल्य बराबरका मालसामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।

No description available.

कमेन्ट लोड गर्नुस