सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी आफै रुपान्तरण हुन जनतामा फर्केका हौंः सचिव आचार्य

२०८० भदौ १९, ०९:३३ खबर संवाददाता

धनगढी : नेकपा (माओवादी केन्द्र)का सचिव डिलाराम आचार्यले माओवादीहरु रुपान्तरण हुन तीन महिने अभियान संचालन गरिएको बताए । उनले जनताभन्दा माओवादी नेता कार्यकर्तामा रुपान्तरणको आवश्यकता भएको महशुस गरेर अभियानमार्फत जनतामा फर्केको बताए ।

मंगलबार धनगढीमा प्रेस सेन्टर नेपालले आयोजना गरेको पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै आचार्यले भने, “जनता बिग्रेका छैनन् । खुला राजनीतिमा आएसँगै हामी नेता कार्यकर्तामा फोहोर मैला लागेको छ । त्यो फखाल्न जनतामा फर्केका हौं ।”

सचिव आचार्यले अहिलेको राजनीतिक उपलब्धी आफ्नो पार्टीकै नेतृत्वमा प्राप्त भएको बताउँदै त्यसको पुष्टि पहिलो संविधानसभामा पार्टीको पक्षमा व्यक्त भएको जनतमले पुष्टिल गरेको बताए । माओवादीप्रतिको विश्वास गुम्नु अस्वीकार नभएको बताउँदै आचार्यले भने, “माओवादीको जनताको विश्वास गुम्नुको मुख्यकारण जनताले हाम्रो पार्टीलाई अस्वीकार गरेको होइन, हामी भित्रको टुटफुट र विभाजन भएको नै हो । एकीकृत चार टुक्रामा विभाजित हुँदा आउने परिणाम यस्तै हुन्थ्यो ।”  
आफूहरुले गम्भीर समिक्षा गरेर फेरि समाजवादी आन्दोलनको नेतृत्व गर्ने परी नेता कार्यकर्ताले प्रतिवद्धता जाहेर गरेर जनतामा फर्केको बताए ।

सचिव आचार्यले ‘जनतासँग माओवादी, विशेष रुपमान्तण’ तीन महिने अभियानमा सुदूरपश्चि प्रदेशमा ७९ वटा अभियान टोली खटिएको जानकारी दिए । सुदूरपश्चिमका  ८८ स्थानीय तह र ७३४ वडामा १५८० नेता कार्यकर्ता खटिएको समेत जानकारी उनले दिए ।
अभियान टोलीले पहिलो चरणका कार्यक्रम चलिरहेको बताउँदै सचिव आचार्यले तीन महिनापछि गाउँसम्मको पार्टी र जनताको आवस्थाको बिस्तृत प्रतिवेदन आउने र त्यसपछि आर्थिक, सामाजिक, शैक्षिक, विकास निर्माणलगायतका जनताको जीवनसँग प्रत्यक्ष जोडिएका समस्यालाई कसरी समाधान गर्ने योजना पार्टीले बनाउने बताए ।

थुप्रै जटिला र कठिनाइका साथ पार्टीले ठूलो जनशक्ति दूरदराजका बस्तीमा केन्द्रीत गरेको बताउँदै आचार्यले पार्टी रुपान्तरण हुने अभियानमा सबैले सहयोग र समर्थन गर्न पनि आग्रह गरे ।
एक अर्को प्रसंगमा आचार्यले सुदूरपश्चिम आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, भाषिक, भौगोलिक तथा उब्जाउ जमिन र जातीय हिसाबमा पछि नपर्नुपर्ने भएपनि गरिबी, बिपन्नता, बेरोजगारीलगायतका क्षेत्रमा गम्भीर समस्या पैदा भएको बताउँदै त्यसबाट मुक्त गर्नेगरी पार्टीले संघ र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्न बताए ।
 

कमेन्ट लोड गर्नुस