सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक विकास मन्त्री साउँदले गरे रेस्टुरेण्ट उद्घाटन

२०८० भदौ १९, ०७:३७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपडबहादुर साउँदले रेस्टुरेन्ट उद्ुघाटन गरेका छन। धनगढीको चौराहमा मन्त्री साउँदले मनोहर रेस्टुरेण्ट तथा क्याफेको रिवन काटेर तथा व्यानर वाचन गरेर उदधाटन गरेका हुन्। 

मदनबहादुर जाग्रीले मनोहर रेस्टुरेण्ट तथा क्याफे सञ्चालनमा ल्याएका हुन्। उनले क्याफेबाट स्वरोजगारको सृजना गरेका छन भने विभिन्न खानाका परिकारसमेत तयार गर्न थालेका छन्। 

प्रदेश सरकारले युवाहरुलाइ स्वरोजगारका लागि अनुदान दिने कार्यक्रम पनि रहेको मन्त्री साउँदले बताएका छन्। मन्त्री साउँद नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सदस्य   तथा अछाम जिल्ला इञ्चार्ज पनि हुन। 

कमेन्ट लोड गर्नुस