सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीले राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा एमसीसी अनुगमन समिति बनाउने

२०८० भदौ १८, ०८:५८ खबर संवाददाता

काठमाडौंः  सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले एमसीसी परियोजनाको निरीक्षणका लागि ५ सदस्यीय एमसीसी अनुगमन समिति बनाउने भएको छ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अनुगमन समितिको संयोजकमा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे रहने बताए। यस्तै सदस्यमा उपमहासचिव डा. गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, पार्टी सचिव गरिमा शाह, विषय विज्ञ एकजना राख्ने निर्णय भएको उनले बताए।

उक्त पार्टीले १२ बुँदे सम्झौता बिनै अमेरिकी आर्थिक सहयोग परियोजना कार्यान्वयन भइरहेको बताएको छ। ‘नेपालमा अहिले एमसीसी कार्यान्वयनको चरणमा छ। एमसीसीको बारेमा पार्टीले स्पष्ट धारणा विगतमा राखेको थियो। व्याख्यात्मक घोषणाका १२ बुँदाहरु अंग बनाएर मात्रै एमसीसी पारित गर्ने हाम्रो पार्टीको माग रहेको पाण्डेले बताए।
 

कमेन्ट लोड गर्नुस