करेन्ट लागेर घाइते भएकी कलावतीको हेलिकोप्टरमार्फत उद्दार

२०८० भदौ १८, ०८:१६
बैतडीः बैतडीमा सोमवार करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–६ की ४३ वर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
सोमवार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर करेन्ट लागेर गम्भीर घाइते भएकी नाथलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

कमेन्ट लोड गर्नुस