सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता हुने

२०८० भदौ १८, ११:१० खबर संवाददाता

धनगढीः धनगढीमा बालदिवसको अवसरमा हाजिरी जवाफ प्रतियोगिता हुने भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर-८ मा रहेको डिस्कभरी इंग्लिस बोर्डिङ स्कुलले माध्यामिक तह सम्मको खुल्ला हाजिरी जवाफ प्रतियोगिता गर्ने भएको हो।

भदौ २९ गते बाल दिवसका अवसरमा खुल्ला हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने डिस्कभरी इंग्लिस बोर्डिङ स्कुलका प्रमुख योगेन्द्र बहादुर सिंहले बताए। प्रतियोगितामा धनगढी उपमहानगरपालिकाका निजी र सरकारी सबै विद्यालयहरुलाई पत्राचार गरिने प्रमुख सिंहले जानकारी दिए।

प्रतियोतामा प्रथम हुने विद्यालयलाई प्रमाणपत्रसहित नगद १० हजार पुरुस्कारको ब्यवस्था गरिएको छ। त्यस्तै दोस्रोलाई प्रमाणपत्र सहित नगद ५ हजार र तृतिय हुने विद्यालयलाई ३ हजार प्रदान गरीने सिंहले बताए। विद्यार्थीहरुमा मानसिक अवस्थाको विकास गर्नका लागि स्कुलले विगत दुई वर्षदेखि यस्ता विभिन्न किसिमका अतिरिक्त क्रियाकलापका कार्यक्रमलाई निरन्तरता दिदै आएको सिंहले बताए। 

कमेन्ट लोड गर्नुस