सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा डेंगुबाट एक किशोरीको मृत्यु

२०८० भदौ १७, ०२:१८ खबर संवाददाता

दार्चुलाः दार्चुलामा डेंगु संक्रमणबाट एक किशोरीको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका–९ दत्तुकी १४ वर्षीया जेलिना चैंसिरको डेंगु संक्रमणबाट मृत्यु भएको हो।

भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेंगु पोजेटिभ देखिएकी चैंसिरलाई उपचारका लागि भारतको हल्द्वानी लगिएको थियो। उनको उपचारकै क्रममा गएराति मृत्यु हो। उनी राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत थिइन्।

दार्चुलामा सन् २०२३ को अहिले सम्म १९४ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाका खोप अधिकृत विरेन्द्र भट्टले बताए।

कमेन्ट लोड गर्नुस