सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु

२०८० भदौ १७, ०२:०३ खबर संवाददाता

धनगढीः कैलालीमा खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको लम्की–चुहा नगरपालिका–५ तिलकपुरकी ४० वर्षीया पुष्पा ढकालको खोलामा डुबेर मृत्यु भएको हो।

लम्की–चुहा नगरपालिका–१ स्थित रोडा खोलामा डुबेर शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ। डुबेर अशक्त भएकी पुष्पाको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

कमेन्ट लोड गर्नुस