सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्राफिकले श्रीमती चढेको गाडी रोक्यो, मेयर बालेनले दिए सिंहदरबार जलाउने धम्की 

२०८० भदौ १७, ०७:१३ खबर संवाददाता

काठमाडौँः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन्। उनकी श्रीमती चढेको गाडी ट्राफिक प्रहरीले रोकेको भन्दै सिंहरबारमा आगो लगाउने धम्की दिएका हुन्। उनले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई चोरको संज्ञा समेत दिएका छन्। 

बिदाको दिन सरकारी गाडी तीब्रगतिमा चलाएपछि कोटेश्वर ट्राफिक प्रहरी वृतको टोलीले रोक्दा उनले यसको आक्रोस सामाजिक सञ्जालमा पोखेका हुन्। फेसबुकमा उनले लेखेका छन,‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहरदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’
 

कमेन्ट लोड गर्नुस