सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको एरिष्टो स्कुलका विद्यार्थी लागुऔषध विरुद्ध जुटे

२०८० भदौ १६, ०५:४२ खबर संवाददाता

धनगढीः धनगढीको एरिष्टो माध्यमिक विद्यालयका विद्यार्थीलाई लागुऔषध विरुद्धको अभियानमा लाग्न प्रेरित गरिएको छ। धनगढी- ८ क्याम्पस रोडमा रहेको विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूका लागि एक दिने लागुऔषध विरुद्धको सचेतना कार्यक्रम चलाइएको हो। विद्यालयको आयोजना र जिल्ला प्रहरी कार्यालय कैलालीले सहजीकरण गरेको हो।

विद्यालयले आयोजना गरेको लागुऔषध सेवन, बिक्रीवितरण तथा ओसारपसार विरुद्ध जनचेतना कार्यक्रममा कक्षा १० मा अध्ययनरत १३० जना छात्रा र छात्रको सहभागिता रहेको थियो।

कार्यक्रममा लागुऔषधका किसिम, दुर्व्यसनबाट हुने हानी, लागुऔषध दुर्व्यसनको वर्तमान अवस्था, कानूनी प्रावधान र लागुऔषधको दुर्व्यसनबाट बच्ने उपायका बारेमा विद्यार्थीहरूलाई बताइएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी सहायक निरीक्षक मुकेश बोहराले कार्यक्रममा लागुऔषध विरुद्ध प्रस्तुतीकरण गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले समुदायमा लागुऔषधको प्रयोग डर लाग्दो रुपमा बढेकाले सदैव सतर्क रहेने प्रतिबद्धता जनाएका छन्। लागुऔषधमा आफू पनि नफस्ने र अरुलाई पनि फस्न नदिन स्कुल र समुदायमा जनचेतना जगाउने प्रतिबद्धता कार्यक्रमा सहभागी विद्यार्थीहरूले जनाएका छन्।

कमेन्ट लोड गर्नुस