सुदूर नेपाललाई विश्वसँग जोड्दै

कप्तान रोहितपछि विराट आउट हुदा भारतिय टीमलाई झड्का

२०८० भदौ १६, ०५:१७ खबर संवाददाता

एजेन्सीः  श्रीलंकाको क्यान्डीमा जारी एसिया कप अन्तर्गत भारत र पाकिस्तानको खेलमा भारतलाई दोस्रो झड्का लागेको छ।

पाँचौं ओभरमा कप्तान रोहित शर्मालाई गुमाएको भारतले सातौं ओभरको सुरुवातीमै अर्का ब्याटर बिराट कोहलीलाई गुमाएको छ। पाकिस्तानका साहिन साह अफ्रिदीले कोहलीको विकेट लिएका हुन्। रोहितको विकेट पनि अफ्रिदीले नै लिएका हुन्।

कोहली पाँच बलमा ४ रन बनाउँदै आउट भएका हुन्। यो खबर तयार पार्दा सम्म भारतले अहिले दुई विकेट गुमाएर २९ रन बनाएर खेलिरहेको छ।
 

कमेन्ट लोड गर्नुस