सुदूर नेपाललाई विश्वसँग जोड्दै

कम्युनिष्ट पार्टीहरुबीच एकता आवश्यक छ एमाले नेताः पृथ्वीसुब्बा

२०८० भदौ १६, ०४:२६ खबर संवाददाता

काठमाडौँः  नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले कम्युनिष्ट पार्टीबीच एकता हुनुपर्ने बताएका छन्।

प्रगतिशील शैक्षिक परामर्श व्यवसायी सङ्घको आज पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले कम्युनिष्टबीच नै संयुक्त मोर्चा र कार्यगत एकता हुनुपर्ने आजको आवश्यकता रहेको बताए। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लगायत अन्य साना कम्युनिष्ट पार्टीबीच संयुक्त मोर्चा, कार्यगत एकताहुँदै एकता हुनु आवश्यक रहेको उनले बताए।’

कम्युनिष्टबीच कार्यनीति, व्यवहारमा फरक भए पनि सबैले समाजवाद भनेका छौँ’, उनले भने, ‘कम्युनिष्टको मुख्य लक्ष्य समाजवाद हो, समाजवादमा पुग्ने आधारमा मानेर कमसेकम एक ठाउँमा बस्ने, सहकार्य गर्ने र चुनावमा कार्यगत एकता गर्नुपर्दछ।’ उनले कम्युनिष्ट फुटेर विभाजित भएर मात्र कमजोर भएको बताए। 
 

कमेन्ट लोड गर्नुस