सुदूर नेपाललाई विश्वसँग जोड्दै

अत्तरियामा दुई वन कब्जा प्रकरणः वनमन्त्रीले भने तुरुन्त संरचना भत्काऊ

अटेरी गोदावरी नगरपालिका

२०८० भदौ १६, १०:५३ खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा गोदावरी नगरपालिका आफैले दुईवटा वन क्षेत्रलाई कब्जामा लिएर भौतिक संरचना निर्माण गर्न थालेको छ। गोदावरी नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १ को सामुदायिक वन क्षेत्रलाई कब्जामा लिएर नगरपालिका आफैले भौतिक संरचना निर्माण गर्न थालेको हो।

तर दुबै संरचना भत्काएर वन क्षेत्र खाली गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामीले बताएका छन्। सव–डिभिजन वन कार्यालय अत्तरिया र डिभिजन वन कार्यालय धनगढीले अतिक्रमित क्षेत्रलाई खाली गर्नुपर्नेमा जोड दिएका छन्।

वडा नम्बर ४ को खैराना सामुदायिक वन र वडा नम्बर १ को चाहना सामुदायिक वन क्षेत्रमा निर्माण हुन लागेका दुबै भौतिक संरचना भत्काउने काम वन कार्यालयको भएकाले तत्काल ती संरचना भत्काउन आनाकानी गरिए वन कर्मचारी समेत कारबाहीको भागिदार हुने मन्त्री धामीले बताएका हुन्। वन कार्यालयले दुबै संरचनाको काम रोक्न पत्राचार नै गरेको छ।

नगरपालिकाले कब्जा गरेर भवन निर्माण गर्दै आएको वडा नम्बर ४ को वन क्षेत्रलाई भने डिभिजन वन कार्यालयले यही भदौ ८ गतेदेखि सुरक्षा दिइरहेको छ। वनभित्र कुनै पनि भौतिक संरचना बनाउन नपाइने भन्दै डिभिजन वन कार्यालयले ८ गतेबाट नै काम बन्द गर्न लगाएको हो। वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माणका लागि बसन्तपुरस्थित खैराना महिला सामुदायिक वनको जग्गा नगरपालिकाले कब्जामा लिएको थियो।

No description available.

कुनै पनि बहानामा राष्ट्रिय एवं सामुदायिक वनभित्र कसैले पनि भौतिक संरचना बनाउन नपाइने व्यवस्था छ। वनभित्र भौतिक संरचना बनाउने भनेर सर्वपक्षीय र सर्वदलीय भेलाले गरेको निर्णयलाई वन कानूनले नचिन्ने भन्दै स्थानीय स्तरमा वनको जग्गा प्रयोग सम्बन्धि गरिएका सबैखाले निर्णय विद्यमान वन ऐन र कानूनअनुसार अबैध हुने वन अधिकारीले बताएका छन्।

जिल्ला समन्वय समिति धनगढीको ६० तथा गोदावरी नगरपालिकाको ४० प्रतिशत लागत साझेदारीमा एक करोड ३८ लाख लागत अनुमान गरेर वडा नम्बर ४ को प्रशासनिक भवन निर्माण गर्न पि.के. कन्सट्रक्सन धनगढी–५ सँग ८७ लाख ४४ हजार तीन सय ६७ मा ठेक्का सम्झौता समेत गरिएको छ। सो क्षेत्र तत्काल खाली गराउन वन कार्यालयले सामुदायिक वनलाई यसअघि नै पत्राचार गरीसकेको छ।

अतिक्रमित वन क्षेत्र खाली गराउने काम वनकै भएकाले तत्काल ती क्षेत्र खाली गराउन मन्त्रालयले भनेको छ। त्यस्तै गोदावरी नगरपालिका वडा नम्बर १ को चाहना सामुदायिक वनको जग्गा कब्जामा लिएर एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन निर्माण गर्न लागेको क्षेत्रलाई पनि खाली गर्न पत्राचार गरिसकेको वन कार्यालयले जनाएको छ। अहिले सो क्षेत्रको पनि काम बन्द छ।

No description available.

सामुदायिक वनको जमिन कब्जामा लिएर बुधबार मात्र गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्ट आफैले भवन निर्माणको शिलान्यास गरेका थिए। जुन वन ऐन विपरीत हो। वन क्षेत्रमा एकीकृत कृषि तथा पशुपंक्षी सेवा केन्द्र निर्माणका लागि काठमाण्डौको सिनरजित विल्डर्स प्रालिसँग सम्झौता गरिएको छ।

No description available.

दुई करोड ६ लाख ८५ हजारमा भवन निर्माणको काम सुरु गरिएको होे। तर वन कार्यालयले सो कार्य पनि बन्द गर्न लगाएको भए पनि आज विहानैदेखि काम भइरहेको छ। डिभिजन वन कार्यालय धनगढीको निर्देशन विपरीत गोदावरी नगरपालिकाले शक्ति र सत्ताको आडमा काम गर्न लगाएको हो।

कमेन्ट लोड गर्नुस