सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा एक लाख पुरस्कारको क्रिकेट प्रतियोगिता हुने

२०८० भदौ १६, ०९:५० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियामा क्रिकेट प्रतियोगिता हुने भएको छ। अत्तरिया क्रिकेट क्लवको आयोजनामा एक लाख पुरस्कारको प्रतियोगिता हुने भएको हो। 

लोटस आई किर्केट कप प्रतियोगिता हुने आयोजक अत्तरिया क्रिकेट क्लवले बताएको छ। क्लवका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि–ट्वान्टी क्रिकेट प्रतियोगिता असोज १७ गतेदेखि २६ गतेसम्म आयोजना हुने बताए। प्रतियोगितामा सुदूरपश्चिमका आठ विद्यालयको सहभागिता रहने छ। कक्षा १० सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन्। 

प्रतियोगितामा प्रथम हुने टिमले नगद  एक लाख, ट्रफी र मेडल पाउनेछन्। यस्तै, दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ।

प्रतियोगितामा सर्वोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलरलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ। प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरणमा खेलाइने छ। प्रतियोगिताको कुल खर्च १२ लाख रहने क्लवका अध्यक्ष गौतमले बताए। 

प्रायोजक संस्थाका प्रमुख गिरीराज कडायतले यो प्रतियोगिता विधालय र विद्यार्थीको लागि ठूलो अवसर रहेको बताए। उनले प्रतियोगिता मार्फत नंया खेलाडी र उनिहरुको क्षमता बाहिर आउने भएकाले सहकार्य गरिएको बताए।

कमेन्ट लोड गर्नुस