डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

२०८० भदौ १६, ०७:४२
डडेल्धुराः डडेल्धुराको आलिताल गाँउपालिका–८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ।
शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

कमेन्ट लोड गर्नुस