सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्यालयमा राजनीति बन्द गर्न रास्वपा डोटीद्धारा ध्यानाकर्षण

२०८० भदौ १५, ०८:२९ खबर संवाददाता

डोटीः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले राजनीतिक दलका भ्रातृ संगठनहरुलाई विद्यालयमा संगठन निर्माण गर्ने काम बन्द गर्न माग गरेको छ।

रास्वपा डोटीले शुक्रबार प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई विद्यालयमा राजनीति बन्द गर्न ध्यानाकर्षण गराएको हो। ‘राजनीतिक दल र तिनका विद्यार्थी संगठनहरुले विद्यालयमा राजनीतिक गतिविधि गर्ने, झण्डा प्रदर्शन गर्ने, विद्यार्थीहरुको राजनीतिक संगठन निर्माण गर्ने क्रियाकलापले कानूनी शासनको धज्जी उडाएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, ध्यानाकर्षण पत्रमा उल्लेख छ।

ध्यानाकर्षणपत्रमा यस्ता राजनीतिक संगठन निर्माण भएका विद्यालयका शिक्षकहरुलाई कारबाही गर्न समेत माग गरिएको छ।

कमेन्ट लोड गर्नुस