सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागमती प्रदेशको अध्यक्षमा पारस खड्का निर्वाचित

२०८० भदौ १५, ०८:१९ खबर संवाददाता

काठमाडौंः  राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ, बागमती प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन्।

शक्रबार भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै पारस अध्यक्षमा निर्वाचित भएका हुन्। पारसले २३ मत ल्याउँदा उमेशले १४ मत ल्याएका थिए। निर्वाचनमा पारसको प्यानल नै विजयी भएको छ। उनले टिमकै कारण आफू यहाँसम्म आइपुगेको बताए। ’दुई दसक क्रिकेट खेले पनि चुनावी माहोल टफ नै हुने रहेछ। व्यक्ति आफ्नो ठाउँमा छ। तर टिम राम्रो भयो भने एकदिन सफलता मिल्छ।  टिमवर्ककै कारण म यहाँ छु,’ विजयी भएपछि उनले भने।

समग्र क्रिकेट र प्रदेश क्रिकेटका लागि आफ्नोतर्फबाट उत्कृष्ट काम गर्ने उनले प्रतिवद्धता जनाए। पूर्वकप्तान हुँदा जसरी सिस्टमको कुरा उनले उठाए, ती प्रश्नहरू अब आफैंमाथि पनि उठ्ने उनले बताए। ’पोजिसनभन्दा पनि टिमलाई कसरी राम्रो बनाउने भन्ने मेरो लक्ष्य हो। पूर्व कप्तान रहँदा हाम्रो क्रिकेटको सिस्टम राम्रो भएन भनेर कुरा उठाउने मै थिएँ। आजदेखि ममाथि यही प्रश्न उठ्नेछ। सकभर म त्यो प्रश्न खडा नहोस् भन्ने चाहन्छु। 
 

कमेन्ट लोड गर्नुस