सुदूर नेपाललाई विश्वसँग जोड्दै

लागुऔषध विरुद्धको सन्देशसहित धनगढीका स्कुल–कलेजमा प्रहरी

२०८० भदौ १५, ०७:०२ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र लागुऔषधले विकराल रुप लिन थालेपछि प्रदेश प्रहरी कार्यालले स्कुल÷कलेज केन्द्रित महाअभियान सञ्चालनमा ल्याएको छ। धनगढीका स्कुल तथा कलेजहरुमा प्रहरी लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गर्दै आएको हो। लागुऔषध विरुद्धको सन्देशसहित प्रहरीले स्कुल तथा कलेजमै पुगेर यसको नकारात्मक असर र समाजमा फैलिएको विकृतिको विषयमा छात्र–छात्राहरुलाई ज्ञान बाड्ने काम गर्दै आएको छ।

लागुऔषधबाट सबैभन्दा बढी युवा र त्यसपछि किशोर/किशोरीहरु प्रभावित बन्न पुगेपछि यसको नियन्त्रणका लागि प्रदेश प्रहरीले विद्यालय र कलेज केन्द्रित अभियान सुरु गरेको छ। प्रहरीले ‘लागूऔषध बिरुद्वको महाअभियान, २०८०’ नै सुरु गरेर लागुऔषधबाट हुने हानी नोक्सानीको विषयमा सन्देश प्रवाह गर्दै आएको छ।

आज मात्र धनगढी उपमहानगरपालिका–३ त्रिभुवनचोक स्थित त्रिभुवन माध्यामिक विद्यालयमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको सहकार्य तथा समन्वयमा लागूऔषध नियन्त्रण सम्बन्धी जनचेतनामूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ। सो विद्यालयका प्रधानाध्यापक सिताराम अवस्थीको उपस्थितीमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरु गरी ९१ जनालाई लागुऔषध विरुद्धको अभियानका विषयमा जानकारी गराउने काम भएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले छात्र÷छात्राहरुलाई लागूऔषध बिरुद्धको महाअभियान,२०८० अन्तर्गत लागूऔषधको परिचय, सेवनकर्तामा देखिने लक्षण, पार्ने वृहत असर र कानूनी प्रावधानको विषयमा प्रशिक्षण गराएका छन्। 

यस सम्वन्धि विद्यार्थीहरुबाट उठेका जिज्ञासाहरुको समेत प्रहरी उपरीक्षक चौधरीले सूचित गर्ने काम गरेका छन्। ‘लागूऔषध बिरुद्वको महाअभियान, २०८०’ अन्तर्गत नै आजै धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित ऐश्वर्य बिद्या निकेतन माध्यामिक विद्यालयमा समेत प्रहरीले जनचेतनामूलक प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

सो विद्यालयका प्राचार्य प्रेमनिधी ओझाको उपस्थितीमा कक्षा ११ र १२ मा अध्ययनरत छात्र/छात्राहरु गरी १७८ जनालाई लागुऔषध विरुद्धको अभियानको विषयमा जानकारी गराउने काम भएको छ। विद्यालय र कलेज केन्द्रित लागुऔषध विरुद्धको अभियान प्रहरीले सुरु गरेपछि लागुऔषध सेवनमा कमि आउने अपेक्षा गरिएको छ। युवा तथा किशोर÷किशोरी लागुऔषधमा सबैभन्दा बढी संलग्न देखिएपछि यस प्रकारको अभियान प्रहरीले सुरु गरेको हो।

कमेन्ट लोड गर्नुस